ठाकुर रसाईली
चैत ४, २०७५
पर्वत : गाउँपालिकाका क्रियाकलापहरु एकलौटी भएको भन्दै नेपाली काँग्रेस महाशिला गाउँपालिकाले लगातार बिरोध गर्दै आएपछि गाउँपालिका र नेपाली काँग्रेस महाशिलाको बीचमा वार्ता हुने भएको छ ।
काँग्रेसले गएको चैत १ गते ५ दिनभित्र आँपूmहरुसंग छलफल गर्नुपर्ने अल्टीमेटम सहित गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको थियो । काँग्रेसको अल्टीमेटको ५ दिन पुग्न १ दिन बाँकी छँदै आज नै गाउँपालिकाले आउँदो चैत १८ गते नेपाली काँग्रेस महाशिलासंग छलफल गर्ने गरी वार्ता समिति गठन गरेको छ ।
गाउँपालिकाका प्रवक्ता जीवनबिक्रम उचैले दिनुभएको जानकारी अनुसार गाउँपालिकाका ६ ओटा वडाका वडाध्यक्षहरु ईश्वरप्रसाद भुषाल, बिष्णुबहादुर राना, कर्णप्रसाद गुरुङ, पूर्णबहादुर मल्ल, जीवनबिक्रम उचै र रामबहादुर सुनार वार्ता समितिका सदस्यहरु रहने गरी गाउँपालिकाले आप्mनो तर्पmबाट वार्ता समूह बनाएको छ ।
यस्तै, वार्ताका लागि काँग्रेसले पनि समिति निर्माण गरेको छ । जसको संयोजकमा गाउँपालिकाको प्रमुखमा लड्नुभएका काँग्रेस नेता उज्वल गुरुङ र सदस्यहरुमा अशोक उचै ठकुरी, सन्तोष हमाल, कला भट्टराई र शेष उचै रहनुभएको छ । दुवै समूहको बीचमा १८ गते संयुक्त छलफल हुने छ ।
उक्त वार्ता असफल भएमा काँग्रेसले चरणबद्ध रुपमा गाउँपालिकाको बिरुद्धमा आन्दोलन गर्ने गरी प्रत्येक वडामा समितिहरु निर्माण गर्ने काम गरिरहेको पनि काँग्रेसका तर्पmबाट वार्ता टोलीका संयोजक गुरुङले बताउनुभएको छ ।
नेपाली काँग्रेस महाशिलाले गाउँपालिकाका कामहरुमा नेकपाले एकलौटी गर्दै आएको, प्रतिपक्षसंग सहकार्य नगरी मनलाग्दी तरीकाले काम गरेको, बिपक्षीलाई पेलेर आँपूm अनुकुलका निर्णयहरु गरेको बताउँदै आएको छ ।