४ चैत्र
पोखरा । खानेपानी तथा सरसफाई उपभोक्ताको आर्थिक समृद्धीको लागि प्रभाकारी वित्तीय सेवा विषयक दुई राष्ट्रिय कार्यशाला गोष्ठी सोमवार पोखरामा शुभारम्भ भयो । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थागत सवलीकरण एवम् उपभोक्ताको आर्थिक सम्वृद्धीका वित्तीय सेवालाई प्रभावकारी रुपमा समाहित गर्न मार्ग पहिल्याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालामा देशका ५१ जिल्लावाट खानेपानी तथा सरसफाई क्षेत्रका अगुवा प्रतिनिधीहरु, सामाजिक अगुवाहरु र वित्तीय क्षेत्रका प्रतिनिधी गरी ६८ जनाको सहभागिता रहेको छ ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्थाको आर्थिक सहयोग, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपालको संयोजन तथा महासंघ, पर्वत शाखाको आतिथ्यतामा सो कार्यशाला आयोजना भएको हो ।

गोष्ठीको समूदघाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले स्वच्छ खानेपानी तथा सरसफाई हरेक नागरीकको मौलिक हक भएको वताउनु हुँदै यस अधिकारको प्रत्याभुती दिलाउन नागरीक क्षेत्रवाट भए गरेका पहलहरु सह्रानीय भएको वताउनु भयो । जनतलाई स्वच्छ खानेपानी तथा सरसफाई सुविधा पु-याउन राज्यले पनि ध्यान दिनु पर्ने वताउदै संघियतासंगै सिंहदरवारको अधिकार गाँउगाँउ पुग्दा भष्ट्रचार लगायतका विकृतीहरु पनि स्थानीय तहसम्म फिंजिएको वताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य ललितकला गुरुइ, सुदुरपश्चिम प्रदेशका सदस्य मिना सावत, महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल, पोखरा महानगरपालिका, वडा नं २१ का अध्यक्ष खगराज आचार्य, नेपाल प्रेस युनियनका राष्ट्रिय उपाध्यक्ष रमेश पौडेल लगायतले कार्यशाला फलदायी हुने विश्वासको साथ शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेष्डो नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, प्रशासकीय अधिकृत इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा एवम् अधिकृत इश्वरी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यशालाको अन्त्यमा पोखरा घोषणापत्र जारी गरिने महासंघका केन्द्रिय सदस्य एवम् पर्वत शाखाका पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासीले जानकारी दिनु भयो ।