शान्ति सुवेदी
चैत १, २०७५
पर्वत : रोट्रयाक्ट क्लब अफ पर्वतको रोट्रयाक्ट सप्ताह २०१९ अन्तर्गत पाँचौ दिन ट्राफिक सचेतनामुलक तथा लागुपदार्थ दुब्र्यसन कार्यक्रम सम्पन्न भएको छ । देउपुर नमुना आवसीय मा.वि मोदी गाँउपालिका २ पातिचौरमा कार्यक्रम गरिएको गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी ट्राफिक प्रमुख रामकृष्ण गौली, पशुपति आधारभुत माविका प्रध्यानध्यापक तारापति तिमिल्सिना, लगायत समाजसेवी ब्यतिmत्व र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका बोल्दै प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले सचेतना मुलक कार्यक्रम विद्यार्थीहरुका लागि लागि आवश्यक भएको जानकारी गराउनुभयो । पछिल्लो समयमा पर्वत जिल्ला लागु औषध ओसारपोसारको लागि ट्रान्जिट प्वाइन्ट बनेको भन्दै उहाँले त्यसतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । देउपुर नमुना आवसीय माविका सञ्चालक रुचिला सपकोटाले ट्राफिक सचेतना मुलक तथा लागुपदार्थ दुब्यसन सम्बन्धी कुराहरु थाहा पाउन पर्ने र दुर्घटनाबाट बच्ने बचाउने बारेमा जानकारी गराउनुभयो । सप्ताहव्यापी कार्यक्रमका बारेमा क्लबका उपाध्यक्ष उतम के.सिले प्रकाश पार्नुभएको थियो । सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिन अन्तर्गत राखिएको ट्राफिक सचेतना मुलक तथा लागुपदार्थ दुब्यसन सम्बन्धी कार्यक्रममा आजकी संयोजक शान्ति सुबेदीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका निर्वाचित अध्यक्ष गणेश पौडेलले गर्नुभएको थियो भने रोट्रयाक्ट क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेल टु आर. जी. को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।