३० फागुन

अजय मिश्र ,कृष्णानगर  कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यलय कृष्णनगर ले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्म विभिन्न सवारी साधन लाई कार्वाहि गरि राजस्व संकलन गरिएको छ। ट्राफिक कार्यलय कृष्णनगरले १७६ वटा बस बाट रु ९२ हजार , २५६९ वटा ट्रक बाट रु १४ लाख ७ हजार १२१ वटा जिपकार बाट रु ६ हजार ३ सय , २२७ वटा मोटरसाइकल बाट १ लाख २२ हजार र १३ वटा ट्रेक्टर बाट रु ८ हजार बराबर कुल १६ लाख ९२ हजार , राजस्व संकलन गरेको कुरा ट्राफिक प्रहरी कार्यलय कृष्णनगर का प्रहरी सहायक निरीक्षक चूडामणि पोखेल ले जानकारी दिनु भयो।