नेपाल तरुण दल फलेवासका अध्यक्ष दिनेश लामिछाने । विंसं २०७५ साल जेठ १९ गते फलेवासमा भएको अधिवेशनवाट उनी अध्यक्षतामा निर्वाचित भएका हुन् । वि.स २०५८ सालमा माटेदेवल जनसहयोगी मा.विवाट नेपाल विद्यार्थी संघको राजनितिक थालेका लामिछानेले पार्टीको विभिन्न कमिटीमा रहँदै काम गरेका छन् । राजनितिक सँगै सामजिक क्षेत्रमा पनि क्रियाशिल लामिछाने सामजिक पुर्नजागरण अभियान पर्वत नेपालका अध्यक्ष समेत हुन । राजनितिलाई पेशा मुखी भन्दा पनि सेवा मुखी बनाउन पर्छ भन्ने उद्देश्यले सक्रिय राजनिति थालेका लामिछाने सँग तरुण युवाहरुको भूमिका र भावी रणनितिका विषयमा कुराकानी गरेका छौँ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म तरुण दल फलेवास नगरपालिकाकै काममा व्यस्त छु । तरुण दललाई अन्य भातृसंस्था भन्दा कसरी फरक बनाउन सकिन्छ भन्ने कुरामै तत्लीन छु । नगरका सबै वडामा तरुण दल गठन गर्ने योजनामा छु । दशै अगडी यो काम गर्न सके तरुण नगर समिति थप बलियो हुनेथियो । अर्को कुरा नगरको अध्यक्ष भएपछि आफ्नो व्यस्तता सँगै पार्टीको काममा निरन्तर खटिरहेको छु ।

तरुण दल फलेवास नगर समितिको अध्यक्ष भएपछि के के काम गर्नुभयो ?
म तरुण दल फलेवास नगरपालिको अध्यक्ष भएको ५ महिना भयो । यो अवधिमा सबैभन्दा पहिला त मैले कार्य समितिलाई पुर्णता दिए । नगरका ११ वटै वडाका सक्रिय र जुजारु तरुण युवाहरु हाम्रो नगर समितिमा छन् । नेपाली काँग्रेस र तरुणहरुको अवस्था बुझ्न नगरका सबै वडामा पुगेँ । साथीभाई र अन्य दलका नेता तथा सर्मथकहरु सँग तरुणका विषयमा छलफल गरे । उनीहरुका राय सुझाव संकलन गरे । तरुण दल मार्फत हामीले धेरै सामजिक काम पनि गरेका छौँ । जस्तै अस्ती भर्खर हामीले मुडिकुवामा रहेको माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसाय मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छाँै । यो अभियान हामीले फलेवास नगरपालिकाका सबै वडामा संचालन गर्ने निर्णय गरेका छौँ । जिल्ला विभिन्न धार्मिक तथा पर्यटकिय स्थालको सरसफाई गरेका छौँ । दुःखी पीडितको घरमै पुगेर समावेदना प्रकट गरेका छौँ । हामी तरुण युवाहरु राजनितिक सँगै सामजिक सेवामा पनि सक्रिय छौँ ।

फलेवास नगरपालिकामा तरण युवाहरुको अवस्था कस्तो छ ?
तरुण दल फलेवास नगरपालिकामा तरण युवाहरु सक्रिय छन् । तर देशको समस्या वा विडम्वना भनौँ । फलेवास नगरपालिकामा धेरै युवाहरु बेरोजगार हुनुहुन्छ । यसमा तरुण युवाहरु पनि पर्नुहुन्छ । सिप र क्षमता अनुसारको रोजगारी नहुँदा यहाँका धेरै युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ । यहाँ भएका युवाहरुको कुनै आम्दानीको स्रोत छैन । अर्को कुरा काँग्रेस र तरण दल भएकै कारण धेरै तरुण युवा विभिन्न अवसरवाट बञ्चित हुनुपरेको छ । अर्को हाम्रो पार्टी स्थानिय तह सँगै प्रदेश र प्रतिनिधी सभामा हाम्रो पार्टी कमजोर छ । अहिले तरुण दलमा आस्था राखेकै कारण राज्यले हामी माथि छानीछानी दमन गरेको छ ।

पार्टीले तरुण युवाहरुका लागि कस्तो भूमिका खेल्नुपर्छ ?
सर्वप्रथम त पार्टीले युवाहरुलाई स्वरोजगार बनाउने बातावरण सृजना गनुृपर्दछ । तरुण युवाहरुलाई रचनात्मक काममा प्रेरण दिनुपर्दछ । उनीहरुको क्षमता र सिपको आधारमा जिम्मेवारी दिनुपर्दछ । युवाहरुलाई संरक्षण गर्न सके मात्र पार्टी बलियो हुन्छ भन्ने सोच बनाउनु पर्दछ ।

काँग्रेसले युवालाई अगडी बढाउन खोज्देन भन्ने आरोप छ नि ?
नेपाली काँग्रेस वि.स २००३ सालमा स्थापना भएको लोकतान्त्रिक पार्टी हो । यहाँ धेरै पुराना र पाका नेता कार्यकर्ता छन् । उनीहरुलाई सम्मान गर्नु हामी युवाहरुको दायित्व पनि हो । तर, तपाई भनेजस्तो युवाहरुलाई काँग्रेसले अगडी बढाउन खोज्देन भन्ने कुरा चाँही गलत हो । युवाहरुको भावनालाई कदर गर्ने पार्टी नै काँग्रेस हो । हाम्रो पार्टीमा हेर्नुहोस् विश्वप्रकास, गगन थापा,धनराज गुरुङ, प्रदिप पौडेल जस्ता एक सय एक नेता छन् । जसले काँग्रेसको मात्र होईन देशकै जिम्मेवारी बहन गरेका छन् ।

तपाईहरु पर्वत काँग्रेसलाई एकढिक्का बनाएर लैजान्छु भन्नुभएको छ । तर, तपाईहरुको पार्टी चारतिर फर्केको देखिन्छ ?
हो मैले नेपाली काँग्रेसलाई एकढिक्का बनाएर लैजाने संकल्प गरेको छु । यस विषयमा प्रतिवद्धता पनि गर्न चाहान्छु । नेपाली काँग्रेस हुँ भन्दै हिँड्ने पार्टीलाई असहयोग गर्ने । फाइदा मात्र लिने र निर्वाचनमा बेलामा उल्टै असहयोग गर्ने जो कोहीलाई पनि अव हामी छोड्देनौँ । कारवाही गछौँ । लोकतन्त्रमा फरक मत राख्न पाईन्छ तर, फरक मतका कारण एकले अर्कोलाई असहयोग गर्ने बातावरण काँग्रेसमा अव यसको अन्त्य हुन्छ त्यो म अन्त्य गर्छु ।तरुण दल फलेवास नगर समितिले सामान्य कार्यकर्ता देखी जिल्लाका सम्पूर्ण नेताहरुलाई मिलाएर कोशिस गछौ ।

काँग्रेस पर्वतलाई तपाई के सुझाव दिनुहुन्छ ?
नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ । देशमा कम्युनिष्ट सरकार छ । देशमा दिनप्रतिनिधी बलात्कार बढ्दै गएको छ । महँगी, भष्ट्राचार त्यस्तै छ । यो विषयमा नेपाली काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नु पर्दछ । जनताले काँग्रेसलाई अझै आशाको रुपमा हेरिरहेका छन् । त्यसका लागि काँग्रेस अव एक ढिक्का भएर गाउँगाउँ जानुपर्ने आजको आवश्यकता हो । अर्को कुरा काँग्रेसले गाउँगाउँ हुदै स्थानीय तह देखी केन्द्रसम्म संगठन विस्तारमा लाग्नु पर्दछ ।

तरुण दलको फलेवास नगरपालिको भावि योजना के छ ?
तरुण दल विचारले पनि परिपक्क भएका मान्छेहरुको दल । राज्यबाट, समाजबाट, आफन्तबाट, घर परिवार लगायत सबै क्षेत्रबाट कुनै कारणले तिरस्कार भएछ भने त्यसलाई आश्रय दिने, भरोसा दिने दलका रुपमा निर्माण गर्नेछौँ । तरुण दलमा लागेको साथीले गर्वले भन्न सकोस् म तरुण हो भनेर । सदस्यता दिन चाहने मान्छेले रहरले तरुण दलको सदस्य लिने वातावरण बनाउने सोच छ मेरो ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
नेपाल तरुण दल फलेवास नगरपालिकाले राजनिति मात्र गदैन । सामजिक काम पनि गदै आएका छ । त्यसैले हाम्रा काममा यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।म एउटा सशक्त तरुण दल बनाउन चाहान्छु धन्यवाद ।