२७ वैशाख

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् ।

पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाडौं आउनेछन् भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ ।

नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । उनले लेखेका छन्, ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’

Narendra Modi

@narendramodi

I will be visiting Nepal on 11th and 12th May at the invitation of PM Mr. KP Sharma Oli. This visit reflects the high priority India attaches to friendly relations with Nepal. I will be holding extensive talks with PM Oli on ways to further deepen bilateral cooperation.

नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा भारत दृढ सहयोगी हुने बताएका छन् ।