२७ वैशाख
कूश्मा पर्वत। पर्वत उद्योग वाणिज्य संघले चुनाव सम्पन्न भएको डेढ महिना पछि विधान अनूसार पद विभाजन गरेको छ । २०७४ चैत्र ३ गते सम्मपन्न १६ औं अधिवेशनवाट निर्वाचित सदस्य तथा मनोनित सदस्यहरुलाई मिलाएर पद विभाजन गरेको हो । वामपन्थी र लोकतान्त्रिक समूहमा विभाजन भएर व्यवसायीहरु चुनावी मैदानमा उत्रेका थिए । वामगठवन्धनले वहूमत प्राप्त गरेकाले पदविभाजन पनि सोहि वमोजिम गरेको छ । पर्वत उद्योग वाणिज्य संघको आज वसेको प्रथम वैठकले विधान अनूसार ३ जना मनोनित गरेर पद विभाजन गरेको हो ।
पद विभाजन अनूसार वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी,उद्योग उपाध्यक्ष ठकूर वि पौडेल,वाणिज्य उपाध्यक्ष कमल वहादूर जि.सी,महासचिव गणेश लामिछाने,कोषाध्यक्ष रमेश लामिछाने, सचिव तिला गिरीे र कार्यसम्पादन समिति सदस्यमा सूनिल भूषाललाई पदवभिाजन गरेको क्रूरा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले वताए । मनोनित सदस्यहरुमा गोपी अधिकारी,डासीराम अधिकारी र खड्क प्रसाद खनाल रहेका छन् । गोपी अधिकारी यस भन्दा अगाडीको कार्यकालमा पनि वरिष्ठ उपाध्यक्ष थिए ।
पद विभाजन गर्नुपूर्व विधान वमोजिम ३ जना सदस्यहरुलाइ मनोनित गरिएको थियो । वैठकले मानआर्थ सदस्यमा पर्वतका पुराना व्यवसायी आजिवन सदस्य देव शर्मालाई सर्वसम्वत मनोनित गरेको छ । उद्योग वाणिज्य संघको पद विभाजन अनूसार अध्यक्ष पछिको तेश्रो मर्यादाक्रममा मानार्थ सदस्य रहने व्यवस्था रहेको छ ।
उक्त वैठकमा लोकतान्त्रिक गठवन्धनका निर्वाचित सदस्यहरुले फरक मत सहित उपस्थितिमा हस्ताक्षर गरेका छन् । सहमती र सहकार्यको अभ्यासका लागी लोकतान्त्रिक व्यवसायीहरुलाई पनि पदविभाजनमा सहभागि गराउनू पर्ने धारणा निवर्तमान कोषाध्यक्ष तथा वर्तमान कार्य समिति सदस्य मानसिंह भण्डारीले राखेका थिए । एकलौटिढंगले पद विभाजन गर्दा सवैको वाणिज्य संघ नहुने भएकाले सवैलाई मिलाएर लैजान अध्यक्षका उमेदवार तथा पदेन सदस्य लेखनाथ शर्माले आग्रह गरेका थिए ।

कार्यसमिति सदस्य मानसिंह भण्डारीको पहलमा आज नै शिखर ईन्सूरेन्स कम्पनी लिमिटेडले सवै पदाधिकारी सहित ३० जना कार्य समिति सदस्यहरुका लागी रु ५ लाखको दुर्घटना विमा गरेको छ ।
मनोनित सदस्य सहित ३० जनाको पूर्ण कार्य समिति गठन भएको छ । जस्मा निवर्तमान अध्यक्ष,मानर्थ सदस्य,मल्लाज उपशाखाका अध्यक्ष पदेन सदस्य,अध्यक्षको उम्मेदवार प्रमूख प्रतिद्धन्दी पदेन सदस्य हूने व्यवस्था भएकाले गर्दा ३० जनाको कार्य समिति गठन भएको हो ।

नवनिर्वाचीत अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा वसेको वैठकले निर्वाचन सफल वनाउन सहयोग गर्ने निर्वाचन समिति,आम मतदाता, व्यवसायी,संघसंस्था,नागरिक समाज र संचारकर्मी सवैलाई धन्यवाद ज्ञापन गरेकोकूरा कार्यसमिति सदस्य चित्र वहादूर अधिकारी ( गोपाल ) ले जानकारी दिए ।