२७ वैशाख

एजेन्सी । इरानले इजरायलमाथि पहिलापटक प्रत्यक्ष आक्रमण गरेको छ । विहीबार उसले सिरियाबाट इजरायलमा रकेट आक्रमण गरेको हो । यससँगै युद्धको खतरा मडारिएको हो ।

इजरायली अधिकारीहरुले दिएको जानकारीअनुसार यो आक्रमणबाट सामान्य केही क्षति भएको भए पनि कुनै पनि हताहती भने नभएको जानकारी दिएका छन् ।

इजरायली अधिकारीहरुले यसको कडा सैन्य उत्तर फर्काउने चेतावनी पनि दिएका छन् । यद्यपि इरानको तर्फबाट एक्कासी यस किसिमको आक्रमण हुनुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौताबाट बाहिरिने निर्णय गरेको भोलिपल्ट यस किसिमको घटना भएको हो ।

इरानको संसदमा पनि अमेरिकाको यो कार्यको घोर विरोध गरिएको थियो । इजरायलले अमेरिकाको साथ दिँदै आएको कारण इरानले इजरायलमाथि आक्रोश पोखेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

इजरायलले विहीबार इरानियम फोर्सले २० ओटा रकेट आक्रमण गरेको र त्यसमध्ये केहीलाई भने आकाशमै निस्तेज पारिएको जानकारी दिएको छ । इरानले इजरायलको विवादित क्षेत्र गोलान हाइट र आईरोन डोम सुरक्षा प्रणालीमा आक्रमण गरेको बताइएको छ ।

यसको प्रतिक्रियामा सिरियाको राजधानी सहर दमास्कसमा पनि इजरायली जेटले आक्रमण गरेको थियो । सिरियन हवाई सुरक्षाबलहरुले रातभर फायरिङ्ग जारी राखेका थिए । इजरायली अधिकारीले अहिलेको युद्धको लक्ष्य सिरियामा बढ्दो क्रममा रहेको इरानको प्रभाव कम गर्नु रहेको बताएका छन् ।

सिरियाले पनि इजरायलबाट आएको ३० भन्दा बढी मिसाइलहरु रोकेको दाबी गरेको छ । यसैबीच उत्तरी इजरायलको म्युटा सहरका मानिसहरुलाई सरकारले सुरक्षित क्षेत्रमा जानका लागि आग्रह गरेको छ ।

अहिले इरानले आक्रमण गरेको गोलान हाइट इजरायल र सिरियाको सीमाक्षेत्रमा रहेको छ । जुन चार सय ६० वर्ग माइलको रहेको छ । सन् १९६७ मा इजरायलले यसलाई आफ्नो नियन्त्रणमा लिएको थियो । सन् २००० मा यो क्षेत्र फिर्ता गराउनका लागि इजरायल र सिरियाको बीचमा वार्ता पनि भएको थियो तर सो वार्ता फलदायी भने हुन सकेन ।

सञ्चारमाध्यमहरुमा बताइएअनुसार इजरायलले यो आक्रमणलाई भिन्न किसिमले हेरिरहेको छ । उसले यसको प्रतिक्रिया दिइसकेको