२७ वैशाख
कूश्मा पर्वत । वैशाख २८ गते रिलिजको तयारीमा रहेको चलचित्र लम्फूको वैशाख २६ गते नै कुश्मामा च्यारिटि शो मार्फत प्रदर्शन गरिएको छ । । पर्वत मिलन क्बलले लम्फूको पहिलो च्यारिटि शो प्रदर्शन गरेको हो ।
विपदमा परेकाहरुलाई सहयोग र सामाजिक कार्यका लागि क्लबले फिल्मको च्यारिटि शो प्रदर्शन गरिएको क्लबले जनाएको छ ।
चलचित्रका निर्देशक गोपालचन्द्र लामिछाने संस्थापक अध्यक्ष रहेको उक्त क्लबले चलचित्रको च्यारिटि शो प्रदर्शन गरेका हो । पर्वतको कुश्मामा अधिकाश भाग छायांकन गरिएको चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ ।
शहर उन्मुख बजारको वरपरको कथावस्तुबाट शुरुवात गरिएको चलचित्र अन्ततः आधुनिक समाजको कथाबाट समापन हुन्छ । चलचित्रमा एउटा निम्न बर्गिय परिवारबाट हुर्केको युवाले जीवनमा भोग्नु परेका थुप्रै खालका चुनौति र समस्याहरुलाई चित्रण गर्न खोजीएको छ ।
सामाजिक जीवनमा आधारित कथा वस्तुमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुसुम श्रेष्ठको मुख्य भूमिका छ ।
चलचित्र हेरेपछि दर्शकले यथार्थपरक सामाजिक जीवनका घटनाहरु चलचित्रमा समावेश गरिएको प्रतिक्रिया दिए । हाँसो र रोदन दुवै पक्षहरु चलचित्रमा समेटिएको छ ।
भूपतिको लेखन रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ । निर्मात्री पूनम गौतमले यो चलचित्रमा कस्ट्यूम डिजाइन गरेकी छिन् । पपलुर मिडियाको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माता शक्ति बल्दभ घोरासैनी हुन् । चलचित्रमा अर्जुन पोखरेलको चलचित्रमा संगीत रहेको छ ।