२६ वैशाख

पोखरा। दुई दशकदेखि गोरखापत्रमा पत्रकारिता गर्दै आउनुभएका रमेश पौडेललाई सोमवार गोरखापत्रले उत्कृष्ट समाचारदाताको रुपमा सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा पौडेललाई सञ्चार तथा सुचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले नगद, दोसल्ला र सम्मान–पत्रले सम्मान गर्नु भएको हो । पौडेलसहित गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार भैरव रिजाल सम्मानित हुनुभयो ।

यसअघि पौडेल दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार लगायत अन्य पुरस्कारबाट हुनुभएको छ । उहाँ दर्जनौ सामाजिक संघसंस्थाबाट सम्मानित हुनुभएको छ । उहाँ साढे २ दशक बढी समयदेखि पत्रकारिताम क्रियाशील हुनुहुन्छ ।

रेडियो बाराहीका कार्यकारी निर्देशक समेत रहेका पौडेल पोखराबाट नेपाल टेलिभिजन समाचारदाता, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्याक्ष र बानका निवर्तमान केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।