२३ वैशाख

बझाङ(थलारा)। बझाङको थलारा गाँउपालिका वडा नम्बर ४ नजीकै रहेको खहरे खोलाले बगाउदा एकै घरका चार जना सहित थप एक गरि पाँच जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा थलारा गाँपालिका ४ का २७ बर्षिया हर्क विक, उनकी श्रीमती २६ बर्षिया डल्ली विक १२ बर्षिया मनीसा विक र ३ बर्षिया सक्षम विक डीक्ला कै ३५ बर्षिया कलसी विक, रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

स्थानायि बजार ढोड्यखेत बाट घर फर्कने क्रममा गाँउ नजीकै रहेको गुह्या खोलाले बगाउदा उनीहरुको मृत्यु भएको हो । शनिबार राती करीब ८ बजे तिर परेको अविरल बर्षाका कारण खहरे खोला आई उनीहरुलाई बगाई मृत्यु भएको प्रहरी नायव उपरिक्षक ऋसिराम कडेलले बताए । उपरिक्षक कडेलका अनुसार हर्क विककी श्रीमती सहीत २ वालबालीका गरी एकै परिवारका ४ जनाको ज्यान गएको बताए ।

अहिले घटना स्थल तर्फ ईलाका प्रहरी चौकी थलारा बाट प्रहरीको टोली खटीएको छ । यस्तै थलारा गाँउपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्याय सहीतको टोली समेत घटना स्थल खटीएको छ । अबिरल बर्षाका कारण १९ गते जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने जयपृथ्वी नगरपालीका वाड नम्बर ७ मा समेत खहरे खोलाले से १ ज ८२० नम्बरको जीप बगाउदा ३ जनाको मृत्यु भएको थियो ।

असिना सहित अबिरल बर्षाले सुख्खा समेत अत्याधिक रुपमा पानी आउदा जयपृथ्बी राजमार्ग समेत अबरुद्घ बनेको छ । राजमार्ग अन्र्तगत नारु गौडा , जालेबगर लगायतका अन्य ठाँउहरुमा समेत स सना पहिरो हरु आएकाले राजमार्ग अबरुद्घ भएको हो ।