१८ वैशाख
साजन परियार–पर्वत । दिवसहरु मनाउने आ–आफ्ना तरिका हुन्छन् । कतिले अनौपचारीक रुपमा मनाउने गर्दछन् भने कतिले औपाचारिक रुपमा दिवस मनाउने गर्दछन् । तर, ट्रेडयूनियन काँग्रेस पर्वतले भने १ सय २९ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कुश्मा सदरमुकाममा अवस्थित बाल मन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत श्रमिकका बालबलिकालाई शैक्षिक सामग्री वितरण गरेर मनाएको छ ।


ट्रेडयूनियन काँग्रेसले विद्यालयमा अध्ययनरत ५ जना बालबालिकालाई स्कुलले पोषक,शैक्षिक सामाग्री वितरण गरेको छ । त्यस्तै उक्त अवसरमा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले सोही विद्यालयमा अध्ययनरत ९ जना बालबालिकालाई स्कुलले पोषाक,शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । श्रमीक दिवश मनाउने क्रममा जिल्ला कारागार पर्वतमा रहेका बन्दीहरुलाई फलफुल वितरण गरिएको छ ।
कारागारमा रहेका ७२ पुरुष र ५ महिला वन्दिहरुलाई फलफुल वितरण गरिएको टे«ड युनियन काँग्रेस पर्वतका सचिव गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा टे«ड युनियन काँग्रेस समर्थन विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले मजदुर दिवसको अवसरमा शुभकामना दिँदै सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकारी र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी श्रमिकहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने बताउनु भयो । उहाँले श्रमको सम्मान गदै सबै श्रमिकहरुको अधिकारलाई राज्यले स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।


ट्रेडयूनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य ट्रेडयूनियन काँग्रेस पर्वका उपाध्यक्ष जानकीकुमारी शर्मा र कार्यक्रमको सञ्चालन ट्रेडयूनियन काँग्रेस पर्वतका सचिव गोविन्दप्रसाद पौडेलले गर्नुभएको थियो ।


सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

उक्त कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,ट्रेडयूनियन कांग्रेस पर्वतका निवर्तमान अध्यक्ष गूरु प्रसाद शर्मा,वालमन्दिर प्राविका प्रधानध्यापक लोक वहादूर राना,ट्रेडयूनियन कांग्रेस पर्वतका उपाध्यक्ष योगाज गिरी लगायतको उपस्थिति रहेको थियो ।