१७ वैशाख

स्याङ्जा सदरमुकाम तथा पुतलीबजार नगरपालिकामा मुख्य बजारबाट नेपाली एक हजार रुपैंयाका नक्कली नोट छ्याप्छ्याप्ती फेला परेका छन् । सहकारीका सेवाग्राहीले आफनो रकम बचत गर्ने क्रममा नक्कली नोट उपलब्ध गराएको हुनसक्ने अनुमान गरिएको छ ।

पुतलीबजार नगरपालिका–१ स्थित जयजनता बहुउदेश्यीय सहकारी लिमिटेडमार्फत संकलन गरिएको रकम गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा टेलर (पैसा गन्ने मेशिन) ले संकलित रकममध्ये २ वटा हजारका नोटलाई रिड गर्न (गन्न) नमानेपछि नक्कली नोट भएको अनुमान गरिएको हो ।

सो सहकारीले बजारबाट दैनिक बचत कर्ताबाट संकलन गरेको रकममा सो नोट फेला परेको अध्यक्ष संघ ताम्राकारले जानाकारी दिए । सहकारीले गण्डकी बिकास बैकमा जम्मा गर्ने क्रममा नोट नक्कली भएको पुष्टी भएको बैकका प्रबन्धक प्रबिण श्रेष्ठले बताए ।

फेला परेका ४ वटै नोट एकै नम्बर च २५–६१४१६३ रहेका छन् । यसैगरी, गण्डकी विकास बैंकमा पनि २ वटा नक्कली नोट भेटिएका छन् । सदरमुकामस्थित अन्य सहकारी र विकास बैंकमा पनि नक्कली जस्ता देखिने नेपाली हजारका रुपैंया भेटिएको बताइएको छ ।

तत्कालीन गभर्नर डा. युवराज खतिवडाको हस्ताक्षर भने अलि नमिल्दो र सानो आकारमा रहेको सो नोटमा छपाई, रङ र विभिन्न चिन्हहरु समेत मिल्दोजुल्दो छन् । बजारको सबै क्षेत्रबाट नक्कली हजारको नोट फेला परेपछि बजारमा धेरै नक्कली नोट हुन सक्ने अनुमान स्थानियबासीको  छ ।

भेटिएका एउटै नम्बरका दुई नोटलाई टेलर मेशिनले पनि गन्न नमानेपछि नक्कली नोट भएको अनुमान लगाउन सकिने बताँउछन प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट । थप प्रमाणिकताका लागि उक्त नोट बिधि विज्ञान प्रयोगशालामा पठाईएको पनि प्रनाउ बिष्टले जानकारी दिए ।