१७ वैशाख

पर्वत । नेपाली काँग्रेस पर्वत काठमाडौ सम्पर्क समितीको हालै सम्पन्न नवऔं अधिवेशनवाट पर्वत फलेवास नगरपालिका कुर्घाका ओम शर्मा बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्दी पर्वत पाङका केदार सुवेदीलाई ३८ मतान्तरले पराजित गर्नुभएको छ ।

कुल १२ सय ८७ मतदाता मध्य ५ सय २३ मत खसेका थिए । जस मध्य बिजयी भएका ओम शर्माले ३ सय ८ मत प्राप्त गर्नुभएको हो भने प्रतिद्धवन्दी पाङ पर्वतका केदार शर्माले २ सय ७० मत प्राप्त गर्नुभएको छ ।
बिजयी भई सके पछि संचारकर्मी संगको कुराकानीमा शर्माले आफ्नो कार्यकालमा पर्वत र काठमाडौमा रहेका काँग्रेस बिचको सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने वताउनुभयो ।