१५ वैशाख
कूश्मा पर्वत । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा पर्वतको वोर्ड वैठक आज समपन्न भएको छ । जिल्ला शाखा पर्वतका अध्यक्ष हरीनारायण रेग्मीको अध्यक्षतामा भएको वैठकमा शाखाका कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो । नेपाल मानव अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका खिमलाल वस्याल र मोहन काप्लेको उपस्थितिमा भएको छलफलले मानव अधिकार संगठनको विस्तार गर्ने छलफल भएको छ ।

पर्वत जिल्लाका दुई नगरपालिकार पांच गाउंपालिकामा कम्तिमा पांच सदस्य सहितको समिति गठन गर्ने निर्णय भएको छ । उक्त स्थानिय तहमा अध्यक्ष,सचिव,कोषाध्यक्ष, सदस्य र एक जना महिला अनिवार्य रहने गरि पद विभाजन गर्ने निर्णय भएको ।
त्यसै गरि जिल्लाका साधारण सदस्यहरुलाई सकृय वनाउनका लागी जिल्ला परिषद वैठक सम्पन्न गर्ने जस्का लागी अच्यूत तिवारीको संयोजकत्वमा तीन सदस्य उप समिति गठन गरेको छ जस्मा सदस्य केदारनाथ शर्मा आचार्य,मूना शर्मा लामिछाने रहेका छन् ।
उक्त परिषद वैठकमा केन्द्र तथा क्षेत्रका अतिथिहरुलाई आमन्त्रण गर्ने समेत निर्णय गरेको छ ।

आगामी जेठ ५ गते परिषद वैठक गर्ने गरि तयारी थालेको छ । मानव अधिकार संगठनको केन्द्रिय परिषद वैठकले पर्वत शाखाका अध्यक्ष लगायत शाखालाई नै सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेको शाखका सचिव माधव पौडेलले जानकारी दिनू भयो ।