१५ वैशाख

कैलाली,  । कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ ।  काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो ।

सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर रवि यादवले जानकारी दिए ।  ५० जना यात्री र चालकदलका चार सदस्यसहित ५४ जना सवार विमान ६ हजार फिटमाथिबाट अवतरण गर्नेक्रममा चरा ठोक्किएको एअरलाइन्स स्रोतले जनाएको छ । सवार सबैजना सकुशल छन् ।

सो विमानलाई अहिले पार्किङस्थलमा राखिएको छ ।  अब काठमाडौंबाट इन्जिनियरको टोली आएर परीक्षण गरेपछि विमानको उडान हुने/नहुने टुंगो लाग्ने यादवको भनाइ छ ।

काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो ।