१५ वैशाख

पर्वत, उद्योग, पर्यटन , वन तथा बाताबरण मन्त्री बिकाश लम्सालले स्रोत साधन र प्रयाप्तताको अाधारमा पारदर्शी रुपमा योजना कार्यान्वयन गर्ने कुरा बताउनुएको छ । जनक माध्यमिक बिद्यालय पिपलटारी थुमकोे ५९ अौ वार्षिकोत्सब , अभिभावक  दिवस तथा पुरस्कार वितरण  समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री लम्सालले राष्ट्रिय गौरवका अायोजना बाहेकका अन्य अायोजना प्रदेश सरकारले हेर्ने भन्दै यसक्षेत्रको विकास र समृद्धिका लागि अहोरात्र लागिरहने बताउनुभयो । शिक्षा , स्वास्थ्य, खानेपानी तथा  रोजगारीको क्षेत्रमा यो ५ वर्षको अवधिमा जनताले महसुस गर्ने गरि काम गरेर देखउने प्रतिबद्धता ब्यक्त गर्दै बन्द हुनलागेका उध्योग धन्दालाइ पुनर्जीवन दिई प्रशस्तै रोजगारिका अवसर सृजना गर्ने समेत उहाँले वताउनु भयो ।
विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न समारोहमा नेकपा माअोबादी केन्द्रका केन्दिय सदस्य मनरुपा शर्माले सामुदायिक विद्यालयले अन्य कुरामा नभइ गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षक, अभिभावक , राजनितीक दल लगायत सबैको उत्तिकै दायित्व रहेको कुरा अौंल्याउनुभयो  , कार्यक्रममा कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख सुवास लामिछाने ,  कुश्मा नगरपालिका वडा नं १० का अध्यक्ष सुजन बिक ,  वडा नं ११ का अध्यक्ष शिव प्रसाद पौडेल , पुर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज केसी , लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । उक्त समारोहमा प्रधानअध्यापक टेकनाथ अधिकारीले विद्यालयको  शैक्षिक गतिविधि तथा अाय ब्यय प्रश्तुत गर्नुभएको थियो । सोही अवसरमा विद्यालय तथा कुश्मा नगरपालिका वडा नं १०  का नागरिकको तर्फबाट मन्त्री लम्साललाइ दोसल्ला अोढाएर सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । विक्रम संवत् २०१६ सालमा स्थापना भएको बिद्यालयमा विगत देखि अहिले सम्म विभिन्न क्षेत्रबाट विद्यालयमा योगदान पुर्याउने व्यक्तित्व तथा चन्दा दातालाइ कार्यक्रममा सम्मान गरिएको थियो  ।
विद्यालयका शिक्षक भीमराज सापकोटाको  सञ्चालन रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य देवि प्रसाद अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो । भने स्थानिय भजन मण्डली द्वारा भजन किर्तन तथा विद्यार्थीहरू बाट विविध साँस्कृतिक प्रस्तुति हरु प्रदर्शन गरिएको थियो । समारोहका विच शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार बितरण गर्नुका साथै भावि कार्ययोजना र शैक्षिक गुणस्तरका विषयमा समेत चर्चा गरिएको थियो ।