१४ वैशाख
कूश्मा पर्वत । कूश्मा नगरपालिका वडा नं. ४ छमर्के देखि छिपछिपे कोटगाउं ग्रामीण सडकको चक्ला वन्दि गर्ने काम शूरु भएको छ । छमर्केदेखि छिछिपेकोट गाउं सम्मको भण्डै ८ किलोमिटर दुरीको ग्रामिण सडक ८ मिटर फराकिलो वन्ने भएको छ । उक्त कार्यक्रमको शुभारम्भ आज छमर्के वाट भएको छ । शूभारम्भ कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदू प्रसाद वास्तोलाले म निर्वाचित भए पछि यस वडामा सवैभन्दा वढी रकम विनियोजन गर्न सफल भएको यस सडक फराकिलो वनाउन पाउदा म धेरै खूशि भएको छु । दैनिक सवारीसाधनहरु गुडिरहने यो सडकलाई स्तरउन्नती गरि यस वर्षको विनियोजित वजेट रु २५ लाख खर्च गरी राम्रो काम गरेमा आगामी वर्षको ठूला पूर्वाधार सडक तर्फ कूश्मा नगरपालिका वाट रु ६० लाख विनियोजनका लगाी अनूरोध गर्ने जानकारी दिए । उनले सडक मानिसको पहिलो आवश्यकता जस्तै भएको छ । आर्थिक विकासका लागी सडक अनिवार्य आवश्यकता भएको छ । नगरपालिकाको मापदण्ड वमोजिम ग्रामिण सडकहरु कम्तिमा ८ मिटर फराकिलो वनाउनू पर्ने वताउदै नगरवाट विनियोजित रकमका सही सदूपयोग गर्नका लागी उपभोक्ता समितिलाई आग्रह गरे ।
उपभोक्ता समितिका अध्यक्ष मीन वहादूर रेग्मीले नगरवाट विनियोजीत रकमलाई सहि सदूपयोग गर्ने वताउदै नगरको मापदण्ड वमोजिम ८ मिटर सडक निर्माण गर्ने वताए । सवै स्थानमा ८ मिटर फराकिलो वनाउनका लगाी स्थानिय जग्गादाताले सहयोग गर्ने आशा व्यक्त गरे ।

त्यसै गरि उपभोक्ता समितिका सचिव कालिका प्रसाद शर्माले सवै उपभोक्ताले विस्वास गरि हामीलाई दिएको जिम्मेवारी अनूसार नगरको मापदण्ड वमोजिम सडक विस्तार गरिने जानकारी दिए । दैनिकजसो रासनपानी ढूवानी तथा यात्रूहरु आवतजावतमा धेरै प्रयोग हूने यस सडक फराकिलो र ग्रेड नमिल्दा कतै दुर्घटना हूने त हैन भन्ने जोखिम थियो त्यसको अन्त्यका लागी नगरले वजेट विनियोजन गरेको छ त्यसको सहि सदूपयोग गर्ने जानकारी दिए ।

उक्त शुभारम्भ समाहरोहमा स्थानिय उपभोक्ताहरु देवनाथ शर्मा,गणेश वहादूर क्षेत्री,सन्तोष कार्की,धन वहादूर पून,लोकेन्द्र भण्डारी,चन्द्र वहादूर रेग्मी,मोहन वास्तोला लगायतको उपस्थिति रहेको थियो ।
स्थानिय उपभोक्ताको समन्वयमा छमर्के दखि मेसीन (डोजरको ) प्रयोग गरि सडक चक्लावन्दि गर्ने कार्य शूरु भएको छ ।