१४ वैशाख

काठमाडौं । उत्तर कोरियाका नेता  किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मुन जे(इनलाई भेट्न दक्षिण कोरिया पुगेका छन् ।
सन् १९५३ को युद्धले कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएपछि उत्तर कोरियाली नेताले दक्षिणको असैन्य क्षेत्रमा पाइला टेकेको यो पहिलो अवसर हो ।

यो भेटमा दुबै नेता हर्षित मुद्रामा देखिएका थिए । राष्ट्रपति मुनले उत्तर कोरियाली नेतालाई स्वागत गरे । लगत्तै उनले हात समातेर मुनलाई उत्तर कोरियाली भूमिमा लगे ।