१२ वैशाख

आफूलाई सुन्दर र आकर्षक देखिन महिलाहरुले धेरै समय र पैसा खर्चिने गर्छन्। कसैले भन्छन् सौन्दर्य भित्री मनमा हुनुपर्छ छालामा होइन।यो कुरा एक किसिमले ठिक कुरा नै भएपनी सुन्दर महिला माथि एक नजर सबैको पर्ने गर्छ। सिर्फ पुरुषहरु मात्र होइन,महिलाहरु पनि अर्को महिलाको सौन्दर्यको प्रसंशक हुन्छन्।

विश्वमा कुन देशका महिलाहरु सुन्दर होलान् त ? यस्तो कौतुहलता धेरैलाई हुने गर्छ।

एक अध्ययन अनुसार संसारका सबैभन्दा सुन्दर महिला बस्ने देश भेनेजुयला हो। दक्षिण अमेरिकी देश भेनेजुएलाका महिलाहरु संसारमै सबैभन्दा सुन्दर महिलाहरुमा गनिन्छन्।

हालसम्म भेनजुयलाका सुन्दरीहरुले अन्तराष्ट्रिय स्तरको सुन्दरी प्रतियोगितामा २१ उपाधी जितेका छन्। सात मिस युनिभर्स,सात मिस इन्टरनेशनल,दुई मिस अर्थको उपाधी जितेका छन्।

कसरी भए भेनेजुयलाका महिलाहरु सुन्दर
भेनजुयला महिला स्वतन्त्रता भएको एक आधुनिक देश पनि हो।यहाँका महिलाहरु स्वतन्त्रतापूर्वक आफूले चाहेको कुराहरु गर्न पाउँछन्।

भेनेजुयलाका महिला राम्री हुनुमा वंशानुगत गुण प्रमुख कारण हो। जन्मिदै सुन्दर अनुहार लिएर जन्मिन्छन्।भेनेजुयलाको मौसम र त्यहाँको अनुकूल वातावरण,खानपान,कसरत र आफ्नो शरीरलाई धेरै हेरबिचार गर्ने हुनाले पनि महिलाहरुको सुन्दरतामा निख्खरता आएको हो।

जसरी कुनै खेलाडिले आफू भविष्यमा उत्कृष्ट खेलाडि बन्नको लागी सानैदेखि कडा मिहिनेत गर्छ, त्यस्तै भेनेजुयलाका युवतीहरु उमेरदेखि नै आफ्नो शरिर र अनुहारको लागी विशेष ध्यान दिन्छन्।

ब्राम्डेड कम्पनीका मात्र सौन्दर्य सामग्रीहरु प्रयोग गर्ने भेनेजुयलाका युवतीहरु खानामा एकदमै कन्जुस गर्छन्। आफूलाई तन्दुरुस्त राख्न हरियो खानेकुराहरु,फलफुल धेरै खाने गर्छन्। प्रत्येक दिन शाररीक अभ्यास गर्ने र हाँसीखुशी रहन खोज्ने कारणले नै भेनेजुयलाका महिलाहरु धेरै सुन्दर देखिएका हुन्।-एजेन्सी