संजय रेग्मी
वैशाख ६, २०७५

पर्वतः अबैध घरेलु मदीरा नियन्त्रणमा सफलता प्राप्त गरेको पर्वत प्रहरीले पछिल्लो समयमा जुवातासमा संलग्न महिलाहरुलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले दिएको जानकारी अनुसार गएको बुधबार तास खेल्दै गरेको अवस्थामा कुश्मा नगरपालिका वडा नं. ७ आदर्शचोक स्थित पुर्ण तुलाचनको घरबाट कुश्मा नगरपालिका वडा नं. ३ का नबीन गुरुङ, वडा नं. ४ की देवी पुन, वडा नं. ५ की कुशा गुरुङ, वडा नं. ६ का योगेन्द्र भण्डारी, वडा नं. ७ की सुनकुमारी गुरुङ, वडा नं. ९ का गोविन्द अधिकारी, प्रकाश गुरुङ, र जलजला गाउँपालिका घर भएकी राज कुमारी पुर्जा पुनलाई पक्राउ गरिएको हो।
उनीहरु सबैलाई तास खेलीरहेको अवस्थामा उनीहरुको साथबाट ३७ सय २० र प्रतिवादीहरुको साथबाट ६४ हजार ६ सय ४५ रुपैयाँ गरी कुल ६८ हजार ३ सय ६५ रुपैयाँ सहित पक्राउ गरिएको हो।
उनीहरुलाई बिहीबार नै जुवा तास मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुषन्धान भैरहेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिए।