६ वैशाख
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा पुष्पा भुषाल मनोनित भएकी छन् । सभापति शेरबहादुर देउवाले भुसाललाई सचेतक मनोनित गरेकी हुन् । उनी उपसभामुखको उम्मेदवार समेत बनेकी थिइन् तर, वाम गठबन्धनकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन् ।

दलको उपनेतामा विजयकुमार गच्छदार र प्रमुख सचेतकमा बालकृष्ण खाँड यसअघि नै नियुक्त भइसकेका छन् ।