४ वैशाख
पर्वत । जिल्ला निर्वाचन कार्यालय पर्वतमा फोटो सहितको मतदाता नामावली सकलन कार्य सुरु भएको छ ।

यस अघि मतदाता नामावलीमा नाम समावेश नभएका तथा नयाँ उमेर पुगेका मतदाताहरुले सक्कल नेपाली नागरिकता सहित स्वम कार्यालयमा सम्पर्क राखी नाम दर्ता गर्न सकिने र यस अघिको मतदाता नामावलीमा कुनै त्रुटि भएको भए तथा ठेगाना परिवर्तन गर्नु पर्ने भएमा आवश्यक प्रमाण सहित कार्यालयमा उपस्थित भै त्रुटि सचाउन तथा ठेगाना परिवर्तन गर्न सकिने छ ।

मतदाता नामावली सम्वन्धी ऐन २०७३ अनुसार कार्यालयले प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात नामावली सकलन तथा अध्यावधिक कार्य सुरु गरेको हो । तत्कालका लागि कार्यालयमा मात्रै मतदाता नामावली संकलन कार्य भएको छ ।

प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्वतमा ५५ हजार ४ सय ८६ महिला र ५१ हजार ८ सय १४ पुरुष गरी १ लाख ७ हजार ३ सय मतदाता रहेका थिए ।