४ वैशाख
काठमाडौं, ३ वैशाख । काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या भएको छ । मृतक युवतीको सनाखत हुन सकेको छैन । उनको अनुहार नचिने अवस्थामा रहेको छ ।

आइतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या भएको प्रहरीले जनाएको छ । लगाएको कपडा च्यातेर अर्धनग्न अवस्थामा सुकुम्बासी बस्तीको करिडोरमा फालेको अवस्थामा युवतीको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

मृतक युवतीको टाउकोमा धारिलो हतियारले हानेर रगताम्मे भएको अवस्थामा फेला परेको छ । मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । युवती हत्याको अनुसन्धान गर्न प्रहरीले ८ जनालाई पक्राउ गरेको छ