३ वैशाख

कुराकानीका लागि फेसबुकको मेसेन्जर अहिले सर्वाधिक सजिलो माध्यम भएको छ । फेसबुक हेर्दै कुराकानी गर्नमा फेसबुकको मेसेन्जर नै सर्वाधिक प्रयोग हुने गरेको छ ।

फेसबुक मेसेन्जरमा तपाईलाई कसैले पठाएको मेसेज हेर्‍यो कि हेरेन भनेर एउटा नोटिफिकेसन सोहि च्याट बक्समा देखाउने गर्छ ‘… सिन भनेर’ ।

यो कार्यले एकातर्फ आफुले पठाएको सन्देश उक्त ब्यक्तिले हेर्‍यो कि हेरेन भनेर थाहा हुन्छ । यसको विपरित कुनै ब्यक्तिले पठाएको मेसेज हेर्नु पनि परेको छ र उसलाई आफुले हेरेको नोटिफिकेसन नजाओस् भन्ने चाहना राख्नेहरु पनि धेरै नै हुन्छन् ।

यस्तो दोधारको समस्याको समाधान पक्कै रहेको छ । यदी तपाईहरुले सामान्य काम गर्नु भयो भने यो काम सजिलै हुनसक्छ । जस्तो तपाईले मोवाइलमा मेसेन्जर एप चलाउनु भएको छ र कसैले पठाएको मेसेज हेरेको नोटिफिकेसन नजाओस् भन्ने चाहनु हुन्छ भने आफ्नो मोवाइललाई एरोप्लेन मोडमा लैजानुस् । एरोप्लेन मोडमा राखेर उक्त मेसेज हेर्नुहोस् । मेसेन्जरलाई बन्द गर्नुहोस् र एरोप्लेन मोडमा रहेको मोवाइललाई पहिलाकै अवस्थामा ल्याउनुहोस् । यसो गर्दा तपाईले उक्त मेसेज हेरेर पनि नहेरेकै देखाउछ ।

यो त भयो मोवाइल एप मार्फत् गर्ने चलाखी । यदी तपाई वेव भर्जनवाट फेसबुकको मेसेन्जर चलाउनु हुन्छ र तपाईपनि यस्तो किसिमको सुविधा चाहिएको छ भने गुगल क्रोमवाट गर्न सक्नुहुन्छ । क्रोमको नयाँ ट्याव खोल्नुहोस् । नयाँ ट्याव खोल्दा देब्रे पट्टिको भागमा एप्स लेखेर रंगीचंगी ससाना बट्टाहरु हुन्छ । त्यसलाई क्लिक गर्नुहोस् । त्यसमा क्लिक गरेपछि वेव स्टोर, डक्स, युट्युव, जिमेल आदी खुल्छ ।

त्यो पेजमा रहेको वेव स्टोरमा क्लिक गर्नहोस् । अनि वेव स्टोरमा सर्च वटन आउछ । उक्त सर्चमा Unseen for facebook टाइप गरेर सर्च गर्ने । सर्च गरेपछि सबैभन्दा माथी आउने Unseen for facebook लाई क्लिक गरेर इन्ष्टल गर्ने । यो इन्ष्टल भएपछि क्रोमको दायाँ भागमा निलो आँखाको आकृति आउछ । त्यसमा क्लिक गरेपछि विभिन्न अप्सनहरु रहेका हुन्छन् । जसमा तपाईले हेरेको मेसेज नहेरेको पनि बनाउन सक्नुहुनेछ ।