१ वैशाख
कूश्मा पर्वत । लायन्स क्लव अफ कूश्मा सीटीले जलजला गाउंपालिकाको धाईरिङमा एक दिने स्तन तथा पाठेघर क्यान्सरको परिक्षण गरेको छ । झण्डै सय जना महिलाहरुको स्वास्थ्य परिक्षण गरेको छ । उक्त कार्यक्रमको जलजला गाउपालिकाका अध्यक्ष् लायन्स रामकृष्ण मल्ल यम वहादूरले गर्नु भएको थियो । उक्त कार्यक्रमको उद्धघाटन गर्दै अध्यक्ष मल्लले जलजला गाउपालिकामा कार्यक्षेत्र छनौट गरि धाइरिङवासी महिलादिदि वहिनीहरुको समस्यालाई वुझि घरदैलोमा नै स्तन तथा पाठेघर जस्तो संवेदनशिल रोग लाग्न वाट वचाउन जून मौका प्रदान गयो त्यसका लागी लायन्स क्लव अफ कूश्मा सिटीलाई धन्यवाद दिनूभयो ।
कार्यक्रममा जलजला गाउपालिका वडा नं ७ का वडा अध्यक्ष टुड्गनाथ आचार्य,जेटिए कोअर्डिनेटर लेखनाथ उपाध्याय,लायन्स क्लवका पूर्व अध्यक्षहरु कमलनाथ पोख्रेल,पूरषोत्तम आचार्य,स्टाफ नर्स गिता जोशी लगायतले वोल्नू भएको थियो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ कूश्मा सिटीका अध्यक्ष रिता केसी भण्डारीले, स्वागत लायन्स सरस्वती जिज्ञासूले गर्नु भएको थियो । उक्त कार्यक्रमका लागी प्याप्सन पर्वत,कूश्मा हस्पीटल र मेरी स्टोपले सहयोग गरेका थिए । उक्त कार्यक्रममा औषधी निशूलक वितरण गरिएको थियो । उक्त कार्यक्रम धाईरिङमा लानका लागी धाईरिङ निवासी दधि आचार्यले विषेश भुमिका खेल्नु भएको हो । उहांको आर्थिक तथा प्राविधिक सहयोगमा लायन्स क्लव अफ कूश्मा सीटिले स्वास्थ्य शिविर संचालन गर्न सफल भएको हो । उहां हाल यू के निवासी हुनुहुन्छ ।