१ वैशाख

पाल्पा–  पाल्पाको रानीघाटमा पौडी खेल्ने क्रममा कालिगण्डकीमा डुबेर दुई युवा बेपत्ता भएका छन् ।

शनिबार नयाँ वर्ष मनाउन रानीघाट पुगेका रिब्दीकोट गाउँपालिका हारथोकका संगम कार्की र आयुष खनाल बेपत्ता भएका हुन् ।
१८ वर्षीय दुई युवाको स्थानीयले खोजी  गर्दै छन् । प्रहरी भने घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ।