पर्वत । तपाईले आफ्नो भूपू मायालाई भेट्नुभयो भने के भनेर बोलाउनु हुन्छ । सायद त्यतिबेला सबैलाई गाह्रो हुन्छ होला । यस्तै गाह्रो गायक बिक्रम थापा र गायिका शान्ति श्री परियारलाई पनि भएको छ । आफुले माया गरेर विछोडिएको प्रेमी बटौलीमा भेटेपछि गायक बिक्रम थापाले यसो भने।।।

छेउमा बस्थेउ साथी सँग सिट फेर्थेउ
लजाई लजाई ल्ुाकीलुकी मलाई हेर्थेउ
ए भयो मनको कुरा खोलम
भूपू मायालुलाई बटौलीमा भेटे आज
के भनेर बोलाम

उनले त्यसो भनेपछि शान्तिश्री परियारले भनीन्
पात बजाउँर्थे देउराली डाँडै बसी
लान्थेउ काले मेरै रातो चुंगी खोसी
ए भयो मनको कुरा खोलम
भूपू मायालुलाई बटौलीमा भेटे आज
के भनेर बोलाम
उक्त शव्द यर्थातमा नभएर गितमा बोलिएको हो । नयाँ बर्षको आगमन सँगै मेशना डिजिटल प्रा।लिको प्रस्तुतमा सुवास अर्यालको ‘भूपू माया’ एल्वम्मा समावेश गरिएको गितको अंश हो । बिक्रम थापा र शान्तीश्री परियारको स्वरमा रहेको गित नयाँ बर्ष २०७५ सालको शुभकामना सहित बजारमा आएको छ । गितले छोटो समयमै चर्चा कमाउन सफल भएको म्युजिक कम्पनीले जनाएको छ । उक्त गित गोविन्दप्रसाद भट्टाराईको शव्द संगितमा बजारमा आएको हो । गितमा गोविन्दप्रसाद भट्टाराई र सञ्चिता शाहीको जिवन्त अभिनय रहेको छ । रोशन परियारले निर्देशन गरेको गितमा करण चैसिरको छाँयाकन र दिपक विष्टको सम्पादक रहेको छ ।
म्युजिक भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्