३० चैत्र
पर्वत । महिलाहरुलाई व्यवसायीक बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिकाले नगरका सबै वडामा व्यवसायिक महिला समूह गठन भएको छ । समुह मार्फत महिला उद्यमी बन्ने विश्वास लिईएको छ ।

महिलाहरुको जिविको पार्जनमा सहयोग पु-याउने उद्देश्यले नगरका ११ वटा वडामा व्यवसायिक महिला समूह गठन गरिएको हो । नगरमा गठन भएको समुहका पदाधिकारी, महिला सदस्य र दलित सदस्यका लागि एक दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

बुधवार फलेवास नगरपालिका ९ भँगरामा सम्पन्न भएको तालिममा कार्कीनेटा, थापाठाना, भँगरा र शंकरपोखरीका महिलाहरुको सहभागिता रहेको थियो । त्यस्तै बिहिवार भवानी विद्यापीठ मा.वि खानीगाउँमा सम्पन्न भएको तालिममा खानीगाउँ, देविस्थान, मुडिकुवा, कुर्घा, लिमिठाना, ठानामौला, पाङराङका ५२ जना महिलाहरुको सहभागिता रहेको फलेवास महिला विकास शाखा अधिकृत तारा सुनुवारले जानकारी दिनुभयो ।

तालिममा समुह व्यवस्थापन, व्यवसायका लागि आधारभुत सिप, बजार व्यवस्थापन लगायत फलेवास नगरपालिका निति तथा कार्यक्रमका वारेमा जानकारी गराईएको थियो । तालिमको सहजिकरण फलेवास नगरपालिका मेयर पदमपाणि शर्मा, उपमेयर मन्जु अधिकारी, फलेवास महिला विकास शाखा अधिकृत तारा सुनुवार र कृष्ण पौडेलले गर्नुभएको गर्नुभएको थियो ।