२७ चैत्र
धनगढी । अर्काकी श्रीमती बलात्कार गर्न खोज्दा कैलालीमा एक जनालाई स्थानीयले कालोमोसो दल्दै जुत्ताको माला लगाएका छन् । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ मा अर्काको श्रीमतीमाथि बलात्कार गर्न खोज्ने टुक्की भनिने किसना प्रसाद चौधरीलाईआ स्थानीयले कालोमोसो दल्दै जुत्ताको माला लगाएका हुन् ।

श्रीमान वैदेशिक रोजगारीको क्रममा रहेका बेला घरमा कोही नभएको मौकामा चौधरीले ति महिलालाई जबरजस्तिकरणी गर्न खोजेका थिए । गत शनिवार मध्यरातमा ति महिलाको घरमा गएर जबरजस्तिकरणी गर्न खोजेका थिए ।

उनले सारिरिक सम्पर्क गर्न खोज्दा महिलाले नमानेपछि चौधरीले कुटपिट गरेका थिए । कुटपिटपछि महिलाले हो–हल्ला गर्दा छरछिमेकी आएपछि उनी फरार भएका थिए ।
घटनाको दोस्रो दिन आइतबार स्थानीयहरुले उनलाई नियन्त्रणमा लिएर कालोमोसो दल्दै जुत्ताको माला लगाएका हुन् ।

चौधरीले आफुले गल्ती गरेको स्वीकार गरेका छन् । स्थानीयले उनलाई २ लाख जरिवाना समेत तिराएका छन् । उनलाई तोकिएको २ लाख जरिवाना १० दिनभित्र तिर्नुपर्ने सर्त राखिएको छ ।

घटना घटेको तीन दिन वितिसकेपछि मात्रै बाहिर सार्वजनिक भएको थियो । घटनाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सत्यतथ्य बुझन् स्थानीय प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरीको निर्देशनपछि इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरिक्षक शंकर दत्त जोशीको टोली स्थानीयसँग बुझन् गएको छ । घटनाबारे सत्यतथ्य बुझ्ने काम भईरहेको प्रहरीले जनाएको छ ।