२७ चैत्र

पर्वत । नेपाल ट्रेड यूनियन काँग्रेस पर्वतको अध्यक्षमा सुरेन्द्र केसी निर्वाचित हुनुभएको छ । सोमवार सम्पन्न पाँचौ जिल्ला अधिबेशन मार्फत सर्वसहमत नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा जानकीकुमारी शर्मा, महिला उपाध्यक्षमा ईन्दिरादेवी शर्मा, सेवा क्षेत्र उपाध्यक्षमा मोतीप्रसाद चुवाई, उपाध्यक्ष उत्पादन तर्फ योगराज गिरी र उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगार तर्फ शिवराज शर्मा चयन भएका छन् ।

सचिवमा गोबिन्दप्रसाद शर्मा, सहसचिवमा गुप्तबहादुर घर्ती क्षेत्री, कोषाध्यक्षमा पूर्णकुमार श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा जीवन्धर शर्मा, मोहराज शर्मा, जीवनाथ शर्मा, गंगा शर्मा, महिला सदस्यमा नन्दकुमारी मल्ल, यूवा संयोजकमा दिनेश श्रेष्ठ, महिला संयोजकमा माया अधिकारी रहनुभएको छ ।

प्रदेश प्रतिनिधीमा नागेश्वर उपाध्याय, पार्वती उपाध्याय, उत्तम अधिकारी, यज्ञनाथ बास्तोला, सागर गिरी चयन हुनुभएको छ। केन्द्रिय प्रतिनिधीमा गुरुप्रसाद उपाध्याय, गोबिन्दप्रसाद पोखरेल र हरिबिकास जि सी चयन हुनुभएको निर्वाचन अधिकारी हरीनारायण रेग्मीले जानकारी दिनुभयो । नवानिर्वाचित अध्यक्ष केसीले ट्रेड अधिकारको रक्षाका लागि समर्पित भै कार्य गर्ने बताउनुभयो । औपचारिक र अनौपचारिक श्रममा संलग्न श्रमिकहरुमा रहेको बिभेदको अन्त्य गर्न आफुले पहल गर्ने केसीले बताउनुभयो ।