२६ चैत्र
कूश्मा नगरपालिका वडा नं २ खुर्कोटले जेष्ठनागरीकहरुलार्इ सम्मान गरेको छ । वडा नं २ का वडा अध्यक्ष यदू प्रसाद वास्तोलले जेष्ठ नागरीक हाम्रा अभिभावक भएकाले उनिहरुलाई सम्मान गरि आत्मा खुशी वनाउनू हाम्रो कर्तव्य रहेको वताउनू भयो ।

उनिहरुलको योगदानले नै अहिले हामी जनप्रतिनिधि हून पाएका छौं उनिहरुले राज्यलाई पूयाएको योगदानको हामीले कदर गर्नु पर्दछ भन्दै भत्ता समेत उक्त सम्मान कार्यक्रममा वितरण गरिएको थियो । ९६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष यदू प्रसाद वास्तोलाले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत वडा सदस्य शान्ति कूमालले गर्नु भएका थियो । कार्यक्रमको संचालन वडा सचिव छत्रनाथ पौडेलले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नै पूगेर राष्टिय वाणिज्य वैक कूश्मा शाखाका कर्मचारीहरुले भत्ता वितरण गरेका थिए ।
सम्मानित हुने जेष्ठनागरिकहरु सवै सम्मानितहून पाउदा र कार्यस्थालमानै राज्यले उपलव्ध गराउने भत्ता पाउदा खूशी भएका थिए ।