२६ चैत्र
पर्वतको मोदी गाउँपालिका ६ तिलाहारमा रहेको नव जागृत माध्यामिक विद्यालयले आगामी शैक्षिक सत्रका लागी कार्ययोजना सार्वाजनिक गरेको छ ।६५७ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ३३ जना शिक्षक रहेका छन् । वि स २०२३ सालमास्थापना भएको उक्त विद्यालयमा पर्वतमै पहिलो पटक सव ओभरसियरको पढाई शूरु भएसँगै विद्यालयबाट २४ जना सव ओभरसियर तयार हुने भएका छन् । प्राविधिक विषयतर्फ सिभिल इन्जिनियरिङ विषयको अध्यापन हुँदै आएको उक्त विद्यालयमा चालू शैक्षिक शत्रमा २४ जनाले प्राविधिक विषयको एसइइसि परिक्षा दिएका छन ।

कुल ८० जना विद्यार्थी मध्ये २४ जना प्राविधिक समूहका विद्यार्थी रहेको विद्यालयका प्राचार्य विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो । मोदी गाउँपालिका वाट ११ र १२ कक्षाको अनुमति प्राप्त गर्ने अन्तिम प्रोसेसमा पूगेकाले अव थप ३ बर्ष प्राविधिक विषय विद्यालयमा अध्यापन गराइनेछ । यसका लागि गाउँपालिकामा विद्यालयले अनुमतिको माग गरि पत्र बुझाएको र गाउँपालिकाको शैक्षिक नियमावली तयार भएपछि विद्यालयलाई अनुमती प्रदान गरिने मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताउनुभयो ।

११ र १२ कक्षामा ३ बर्षे सिभिल ओभरसियर पढाई हुने गरि विद्यालयले सबै तयारी पुरा गरेको बताईएको छ । देशमा शैक्षिक बेरोजगार बढि रहेको वेला प्राविधिक बिषयको अध्यापनले दक्ष जनशक्ति उत्पादन हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछाने बताउनुहुन्छ ।

अंग्रेजी, नेपाली माध्यममा पढाई शूरु भएको उक्त विद्यालयमा प्राविधिक समूहमा अध्यापन गराउँदै आएको छ । उनले सवै शैक्षिक गतिविधिहरु ब्यवस्थित ढङगले सञ्चालन गरेको उक्त विद्यालयमा विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्दै गएको समेत जिकिर गर्नुभयो ।

पर्वतमा नै पहिलो पल्ट कक्षा ११ र १२ को अध्यापन शुरु गराउने विद्यालयको छवि स्थापीत गरेको उक्त विद्यालयले आन्तरीक श्रोत ब्यवस्थापन गरेर ७ जना नीजि क्षेत्रका शिक्षकहरुको ब्यवस्थापन गरीरहेको छ । सामुदायिक विद्यालयहरुको अवस्था नाजुक बन्दै गईरहेको र विद्यालयहरुमा अध्ययन अध्यापनको गुणस्तर खस्कदै गईरहेको बेला तिलाहार स्थित नवजागृत माध्यमिक विद्यालय सवै सामुदायिक विद्यालयहरुको सिकाईको थलो बनिरहेको मोदी गाउँपालिका वडा न ६ का वडाअध्यक्ष विमल लामिछाने बताउनुहुन्छ ।


विद्यायले भौतिक व्यवस्थापन देखी लिएर, विद्यालय भित्र चमेना गृह,विपन्न विद्यार्थीका लागी स्टेशनरीको व्यवस्था,प्रविधि मैत्री कक्षा कोठा,लगायतका कार्यक्रमहरु कार्ययोजनामा समेटिएको छ । कार्ययोजना सार्वाजनिक समाहरोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकन्द्रजंग लामिछानेले गर्नूृभएको थियो ।


कार्ययोजना माथी थप प्रकास प्रचार्य विष्णू प्रसाद सूवेदीले गर्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षक दिनेश शर्माले गर्नु भएको थियो।