२५ चैत्र

काठमाडौं ।भारतले रक्सौलबाट काठमाडौं जोड्ने रेल मार्ग बनाइदिने भएपछि केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्मको रेलमार्ग बनाउन चीन सरकारले चासो देखाएको छ। चीनले यस अघि केरुङ –काठमाडौं करिब एक सय किमि रेलमार्ग बनाउन चासो देखाएको थियो। नेपाली भूमि रसुवागडीबाट भने काठमाडौंसम्मको यस्तो रेलमार्गको दूरी करिब ७५ किमि मात्रै हुने उल्लेख छ।

काठमाडौंसम्म रेल ल्याउने विषयमा भारतसँग सहमति भएपछि अब चीनले पनि यो रेलमार्ग बनाउन सहमति गरेरै अगाडि बढ्ने आशा बढेको छ। प्रधानमन्त्री ओलीले भू–राजनीति मिलाउन पनि दुवै छिमेकी मुलुकसँग समान दूरी कायम राख्न काठमाडौंलाई दुवै मुलुकबाट रेलमार्गले जोड्न खोजेका हुन्। चीनसँग सहमति भइनसकेको भए पनि उसले देखाएको चासो आधारमा दुई छिमेकी राष्ट्रबीच कामठाडौंमा रेलमार्ग निर्माणमा प्रतिस्पर्धा हुने देखिएको छ।

वीरगन्ज–काठमाडौं सम्भाव्यता अध्ययन सुरु

वीरगन्ज–काठमाडौं करिब एक सय किलोमिटरको दूरीका निम्ति सम्भाव्यता अध्ययन सुरु हुने भएको छ। रेल विभागले सम्भाव्यता अध्ययन गर्न माग गरेको परामर्शताका निम्ति कोरियन कम्पनी सुसुङ्ग प्रालि छनोट भएको छ। यो कम्पनीले ६ महिनाभित्र सम्भाव्यता अध्ययन गर्ने रेल विभागका प्रवक्ता उपाध्यायले बताए। अहिलेसम्मको अध्ययनबाट काठमाडौं–वीरगन्ज सबैभन्दा उपयुक्त रेलमार्गका रूपमा हेरिएको छ।

यो कम्पनीले कुनै सम्भाव्यता रेखांकनको अध्ययन हुन्छ। सोही रेखांकनलाई आधार मानेर विस्तृत परियोजना अध्ययन (डीपीआर) हुने उल्लेख छ। यो रेलमार्ग निर्माणले काठमाडौं–तराई द्रुतमार्ग दुई लेनको भए पनि पुग्ने हुन्छ। वीरगन्जबाट काठमाडौं रेलमार्ग बनाउन निजगढ विमानस्थलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्छ। यो विमानस्थल बनेको अवस्थामा यो रेलमार्ग बढी प्रभावकारी हुने अनुमान छ।