२४ चैत्र
पर्वत कूश्मा । रोटरी डिस्टक ३२९२ नेपाल भूटान अन्तरगत रोटरी यूथ लिडरसीप एवार्ड राईला कार्यक्रम पर्वत जिल्लामा हिजो शूरु भएको छ । रोटरी डिस्टीक ३२९२ अन्तरगत प्रदेश नं ४ स्थीत १५ वटा क्लवका ६० जना १४ देखी १८ वर्ष उमेरका वालवालिकाले उक्ततालिममा सहभागी भएका हून् । पर्वत जिल्लाको होटल वेन्जूमा शूरु भएको तालिम कार्यक्रमको उद्धघाटन रोटरी डिष्टीक ३२९२ का पूर्व गर्भनर योगेन्द्रमान प्रधानले गरे । उनले वालवालिका भविश्यका कर्णदार भएका कारण् रोटरी परिवार र देशका लागी योग्य जनशक्ति निर्माणका लागी यो तालिम महत्वपूर्ण हूने धारणा राखे । कार्यक्रममा पूर्व गभर्नर रत्नमान प्रधान,रोटरी डिष्टीकका डिल्लीराम शर्मा,रोटरी क्लव अफ पर्वतका पूर्व अध्यक्ष गणेश वहादूर क्षेत्री,शिव शर्मा पौडेल,रोटरी क्लव अफ वाग्लूडका पूर्व अध्यक्ष लक्ष्मी जिसी कार्की लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता रोटरी डिस्टक राईला कमिटी चियर सूभाष सिग्देले गर्नु भएको थिाये भने स्वागत रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लव हमालले र कार्यक्रम संचालन रोटरी क्लव अफ पर्वतका निवर्तमान अध्यक्ष गणेश पौडेलले गरेका थिए ।
३ दिन सम्म संचालन हूने उक्त कार्यक्रममा सहभागीहरुलाई पर्वत र वाग्लूड जिल्लाका पर्यटकिय स्थलहरुको अवलोकन समेत गराईने छ ।