२३ चैत्र
काठमाडौँ । एक तथ्यांक अनुसार नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु दातको समस्याबाट ग्रसित छन् ।हाम्रो मुख भित्र ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दात र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिएको ठाँउबाट ब्याक्टेरिया दाँतको भित्री भागमा छिर्छ र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ ।

दातलाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ । दातलाई किराले खान बाट रोक्न सर्ब प्रथम सफा गरि रहन पर्दछ । खानपिन पछि दातलाई सफा गरि हाल्नु पर्दछ जसले दातमा टासिएको खाने कुरा नरहोस् । बिशेष गरेर गुलियो मिठाई खाए पछि दातलाई तुरुन्तै सफा गर्नु पर्दछ । गुलियोमा दात किराले खाने प्रबल सम्भावना हुन्छ । तर यी सबै गर्दा गर्दै पनि दात किराले खायो भने कसरी त्यसबाट छुटकारा पाउने त ? अपनाउहोस यी घरेलु उपाय ।

१ः तिन चार वटा ल्वाङ लिनुहोस र पिस्नुहोस । पिसेको धुलोलाई दात दुखेको ठाउमा चेपेप्नुहोस यसले तपाईलाई राहात महसुस हुन्छ ।

२ सर्सिउको तेलमा फिटकिरीको धुलो पेस्ट बनाएर दान माझ्ने गर्नुहोस एक हप्तामै दात दुख्नबाट राहात महसुस गर्न सक्नु हुनेछ ।