२२ चैत्र
पर्वतको बिहादी गाँउपालिकाको एक बिधालयका शिक्षक तथा पदाधिकारीहरुले आफ्ना छोराछोरी लाई निजि विद्यालयमा पढाउन नपाउने भएका छन् ।    विहादी गाँउपालीका–४ स्थित वहाकी माध्यामिक विद्यालयको हालै सम्पन्न एक भेलाले शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधीकारी लगाएतले आफ््ना छोराछोरीहरुलाई निजि विद्यालयमा पढाउन नपाइने निति सर्वसहमतीले पारित गरेपछी उनीहरुले अब आफ्ना छोराछोरी लाई निजि विद्यालयमा पढाउन नपाउने भएका हुन् ।

सरकारी विद्यालय प्रति जनसमुदायको चासो घट्दै गईरहेको वेला उक्त विद्यालयले भने जिल्लामै पहिलो पटक रचनात्मक कार्य गर्दै सरकारी विद्यालयको महत्व र गरिमालाई उच्च राख्ने प्रयास गरेको हो । पछिल्लो क्रममा सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्कीँदै गए पछि शैक्षिक गुणस्तर वृद्धिका लागि तथा शिक्षामा समान पहुँच शिर्जना गर्नका लागि विद्यालयले यस्तो निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी भट्टराइले बताउनुभयो । उहाँले वहाकी माध्यामिक विद्यलयले जिल्लामा उत्कृष्ट हुने गरि विभिन्न कार्य योजनाहरु बनाएको भन्दै अव छिट्टै ति योजनाहरु कार्यान्यन गर्ने तर्फ विद्यालय लाग्ने बताउनुभयो ।

“सरकारी विद्यालयमा दक्ष तथा अनुुभवी शिक्षकहरु छन, तर उपयुक्त निति र योजनाको अभावमा शैक्षिक गुणस्तर प्रभावकारी हुन सकेको छैन,” भट्टराले भन्नुभयो । उहाँले सम्पुर्ण अभिभावकहरुले सरकारी विद्यालय प्रति चासो दिएको खण्डमा निर्धारित लक्ष्य पुरा हुने विश्वास व्यक्तगर्नुभयो । उक्त विद्यालयले लिएको निति अन्य सरकारी विद्यालयले पनि लिन सकेको खण्डमा सामुदायीक बिधालयमा गुणस्तरिय शिक्षा कायम हुदैँ बिधार्थीहरुको सङ्ख्या बृद्धि हुने स्थानिएवासीको भनाई छ ।

स्थानीयले सरकारी विद्यालयमा शिक्षाको समान पहुँच र शैक्षिक गुणस्तरका लागि अव निजि विद्यालयहरु खारेज हुनुपर्ने समेत बताएका छन । वहाकी माध्यामिक विद्यालयमा कक्षा एक देखी कक्षा १२ सम्म हाल २५८ जना विद्यार्थी छन । यसै नयाँ शैक्षिक वर्ष देखी कक्षा एक देखी कक्षा तिन सम्म अंग्रेजी माध्याममा पठनपाठन सञ्चालन गर्न लागिएको छ ।