२२ चैत्र
बाजुरा, गौमूल गाउँपालिका–५ मानाकोटमा जंगली फल खाँदा स्थानीयवासी चार वर्षीया सुनिमा रोकायको हिजो मृत्यु भएको छ ।

जंगलमा फलेको मछाइनु नामक फल खाँदा बालिका बिरामी परेको र उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।