तस्विर राजेशचन्द्रराज भण्डारीको फेसवूक वालवाट

२१ चैत्र
बागलुङ। बागलुङ नगरपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम स्थायी घर भई हाल बागलुङ नगरपालिका वडा नम्बर २ झुलेनीमा होटल संचालन गरि वस्ने पहलमान थापाका ११ बर्षिय छोरा प्रज्वल थापाको मृत्यू भएको हो । घरको झ्यालबाट करेन्ट लागि घाइते भएपछि उपचारका लागि धौलागिरि अन्चल अस्पताल बागलुङमा पुर्‍याइएको थियो । उनको उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

करेन्ट कसरी के कारणले लाग्यो भन्ने कुरा चाहिँ अहिलेसम्म खुलेको छैन । प्रहरीले थप अनूसन्धान जारी रहेको जनाएको छ ।