२० चैत्र

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा वडाध्यक्षमा जम्मा ६ मतले पराजित भएका गोविन्दप्रसाद पराजुलीलाई अदालतले समेत न्याय दिन सकेन् । मतपरिणाममा गढबढि भएपछि पराजुलीले अदालतमा मुद्धा दायर गर्नुभएको थियो । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका पराजुलीले मत परिणाम बदर गर्न दिएको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ्ग इजलासले नेकपा(एमाले)बाट निर्वाचित भएका वडा अध्यक्षको पक्षमा फैसला गरेको हो ।

मतगणनामा बसेका प्रतिनिधीको आँखा छलेर मतगणना गर्दा पराजुलीलाई सुनियोजित तरिकाले हराइएकाले मत बदर गरि पुन गणना गर्न माग गरिएको थियो । पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्रार्चारमा गत स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका ओमबहादुर कुवँरले मतगणनामा धाँधली नगरेको भन्दै उच्च अदालत पोखरा, बागलुङ्ग इजलासले रिट निवेदकको माग दाबी नपुग्ने फैसला गरेको हो ।

अध्यक्ष कुवँरले मतगणनामा धाँधली गरेको भन्दै निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसबाट वडा अध्यक्षका उमेदवार गोबिन्दप्रसाद पराजुलीले उच्च अदालतमा रिट दिएका थिए । उच्च अदालत पोखरा, बागलुङ्ग इजलासका न्यायधीश हरिप्रसाद पौडेलको एकल इजलासले फिराददाबी खारेज गर्ने फैसला गरेको हो । निवेदक पराजुलीले मतपेटिका झिकाई, कामकाज रोक्न अन्तरिम आदेश समेत माग गरेका थिए । अदालतले अन्तरिम आदेश दिएको थिएन भने मतपत्र भने झिकाएको थियो । उक्त निर्वाचनमा एमालेबाट निर्वा्चित भएका वडा अध्यक्ष ओमबहादुर कुवँरले ४ सय ७ मत पाएका थिए भने नेपाली कांग्रेसबाट उमेदवार रहेका गोबिन्दप्रसाद पराजुलीले ४ सय १ मत पाएका थिए ।