संजय रेग्मी
चैत १९, २०७४
पर्वत ः कुश्मा नगरपालिका अन्तर्गत नगर कार्यपालिका, नगर शिक्षा शिक्षा शाखाको आयोजनामा कुश्मा नगरपालिका भित्रका १ सय जना शिक्षकहरुलाई तालिम दिन शुरु भएको छ ।

५ दिन सम्म संचालन हुने तालिमलाई निरन्तर विद्यार्थी मूल्यांकन र अंग्रेजी माध्यममा शिक्षण सिकाई गरी दुई भागमा तालिम दिन शुरु गरीएको कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्र शुरु हुनै लाग्दा शौक्षिक स्तर बृद्धि गरी विद्यार्थीको सिकाई उपलब्धि स्तर बढाउनको लागि तालिमको आयोजना गरिएको हो ।

उक्त तालिमको उद्घाटन कुश्मा नगरपालिकाका प्रशासकी अधिकृत सुवासकुमार लामिछानेले गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै उहाँले शिक्षकहरुलाई समय अनुसार आँपूmलाई परिवर्तन गरी शिक्षण सिकाईमा लाग्न अनुरोध गर्नुभयो ।

यस्तै, नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले तालिममा सिकेका कुराहरुलाई कक्षाकोठा सम्म पु¥याउन अनुरोध गर्नुभयो । समयको आवश्यकता अनुसार अंग्रेजी माध्यम र निरन्तर विद्यार्थी मूल्यांकनमा शिक्षकहरुले आँपूmलाई अपडेटेड गर्नुपर्ने क्षेत्रीको भनाई छ ।

तालिममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत व्यक्तिहरु प्रेमशर्मा सुवेदी, कुमार उपाध्याय, रामप्रसाद लामिछाने, रोस्टर प्रशिक्षकहरु यादवप्रसाद बास्तोला, लक्ष्मण गौतम, भूपेन्द्र चापागाईँ र प्रकाश रिजालले सहजीकरण गर्नुहुनेछ ।

नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास कुमार लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत स्रोत व्यक्ति प्रेमशर्मा सुवेदी र संचालन स्रोत व्यक्ति कुमार उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा सहभागीको तर्पmबाट केशव पंगाली, माया सापकोटा र प्रशिक्षकहरुको तर्पmबाट भूपेन्द्र चापागाईँले आप्mनो भनाई राख्नुभएको थियो ।