१९ चैत्र
कूश्मा पर्वत, ततरकोट वाजा समूहलाई एक सेट पन्चे वाजा वितरण भएको छ । कूश्मा नगरपालिकाको सहयोगमा दिवाकर नेपालीको समूहलाई असी हजार वरावरको वाजा वितरण भएको हो । वाजा वितरण गर्दै कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले पेशाको संरक्षण गर्दै स्थानिय लोक संस्कृतिको संरक्षणमा र आयआर्जनमा समेत टेवा पूग्ने धारणा राख्नू भयो । कूश्मा नगरपालिकााले सवै जातजाती,भाषा धर्म र संस्कृतीको जगेर्ना गर्नमा सहयोग गर्ने, सवैसंग सहकार्य गरेर नगरपालिकामा सवैको पहूचमा ध्यान दिने वताउनू भयो ।

ततरकोट पंचेवाजा समूहका अध्यक्ष दिवाकर नेपाली वाजा पाउदा खूशी हूदै आयआर्जमा सहयोग पूग्ने धारणा राखे । कार्यक्रममा कूश्मा नगरपालिकाका वडा नं १ का अध्यक्ष देवेन्द्र सूवेदी,वडा सदस्य टिका सूवेदी ( दिपक ) कार्यालय सहायक टेक वहादूर परियार,वडा नं. २ का वडा सदस्य कालिभक्त शर्मा लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम कूश्मा नगरस्तरिय दलित संजालका अध्यक्ष दुर्गा वहादूर नेपालीको अध्यक्षता र कार्यक्रम संचालन दलित संजाल सदस्य नर वहादूर परियारले गरेका थिए ।