१८ चैत्र

चर्चित पपस्टार स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले आफू समलिंगी भएको खुलासा गरेकी छन् ।

१९ वर्षीया पेरिसले यो पनि खुलाइन् कि उनी ब्रिटिस मोडल तथा अभिनेत्री कारा डेलेवेनसँग रिलेसनसिपमा छिन् ।

यो थाहा पाएपछि पेरिसका भाइ प्रिन्सले भनेका छन्, ‘यदि माइकल ज्याक्सन जीवित हुन्थे भने यो थाहा पाएर गर्व महसुस गर्थे ।’

लामो समयदेखि पेरिस र काराको सम्बन्धबारे सञ्चारमाध्यममा गसिप बनेको थियो । तर, पहिलोपटक मात्रै दुवैजनाले सम्बन्धबारे खुलेर बोलेका छन् ।

ज्याक्सन परिवार पनि पेरिसको यो रोजाइले खुसी छन् । केही समयपहिले पेरिस र काराले एक–अर्कालाई चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । जुन तस्बिर भाइरल भएको थियो ।

गत वर्ष मे २०१७ मा एमटिभी मुभी एन्ड टिभी अवार्ड समारोहमा यी दुईको भेटघाट भएको थियो । त्यसपछि भेटघाटको क्रम बाक्लियो । अहिले यी दुईको सम्बन्ध संसारभर चर्चाको विषय बनेको छ ।