१७ चैत्र

पाँचथर, हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ। उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो। तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराधसम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो।

वडाको सडक विस्तार गर्ने विषयमा विवाद भएपछि योक्पाङदेनले आफूमाथि हातपात गरेको भन्दै तिम्सिनाले जाहेरी दर्ता गराएको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए।