१७ चैत्र
कूश्मा पर्वत, पर्वत उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा आज पर्वत जिल्लाको सदरमूकाम कूश्मामा १ दिने कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका मूख्य कर अधिकृत केशव कूमार उप्रेती सामू पर्वतका उद्योगी व्यवसायीले गूनासो गरेका छन् । आन्तरिक राजस्व कार्यालय पोखरा कर वुझाउन जांदा कोठा कोठामा घण्टौं लाईन वस्नू परेको,समयमा कर वुझाउन नसकिएको,करको निर्धारण वारेमा व्यवसायीलाई जानकारी नभएको जस्ता गूनासा गरेका थिए । कर कार्यालयले आकष्मिक रुपमा वजारमा आई छापा हानी व्यवसायीलाई अनाआवश्यक तारीक लगाई दुःख दिएको,कर चूक्ता प्रमाण पत्र लिन झण्झटीलो वनाएको लगायतका धेरै गूनासा गरेका थिए ।
कार्यक्रमका प्रमूख अतिथि समेत रहेका मूख्य कर अधिकृत केशव उप्रेतीले व्यवसायीका गूनासा माथी सम्वोधन गर्दै राज्यले वनाएका नितिनियम वूझिन भन्न नमिल्ने,कर सेवालाई पर्वतका व्यवसायीको सूविधाका लागी कर सेवा कार्यालय वा भ्याटको रकम जम्मा गर्ने वैकखाता संचालनका लागी पहल गर्ने जानकारी दिए । उनले पर्वतमा कर कार्यालयले धेरै अनूगमन नगरेको अव वल्ल केहि अनूगमनका कार्य शूरु भएकाले यस्लाई कर आतड्क मान्न नहुने धारणा राखे । निति नियम भित्र रहेर व्यवसाय संचालन गरेमा कोहि व्यवसायी आत्तिन नपर्ने धारणा राख्दै कर कार्यालय व्यवसायी मैत्री वनाउने आपनो पहल हूने धारणा राखे ।
कर अधिकृत विजय लामिछानेले करको विषयमा प्रशिक्षण संचालन गरेका थिए । सयौ व्यवसायीको उपस्थिति रहेको प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको अध्यक्षता पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरेका थिए । कार्यक्रममा उपस्थित सवैलाई स्वागत तथा कर शिक्षाको उद्धेश्यवारेमा प्रकाश पार्दै अध्यक्ष शर्माले पर्वतका व्यवसायीलाई सहज र सरल तरिकाले करतिर्ने वातावराणको सृजना गर्न मूख्य कर अधिकृत संघ अनूरोध गरे ।
उक्त कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हरीओम शर्मा लामिछाने,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल,व्यवसायी धन प्रसाद वि क,भिम वहादूर नेपाली लगायतले जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रमको संचालन पर्वत उद्योग वाणिज्य संघका सदस्य ठाकूर वि पौडेलले गरेका थिए ।