१७ चैत्र

काठमाडौँ । श्रीमान सहसचिव र श्रीमती अधिकृत छन् । दुई जनाको तलव भत्ताले सुविधाजनक रुपमा जीवन गुजारा हुन्छ । तर पनि घुस लिएर रातारात करोडपछि हुने मोह हट्न सकेको छैन ।

गृहमन्त्रालयका सहसचिव बाबुराम गौतमकी शाखा अधिकृत पदमा कार्यरत श्रीमती इन्दिरा गौतम खनाल २०७४ चैत ७ गते ९ हजार घुस लिंदालिंदै पक्राउ परेपछि जति कमाइ भए पनि घुस खान छाड्दैनन् भन्ने पाठ सिकाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतमलाई काठमाडौं हिडेन ट्रेजर नामक सिलाई बुनाई गार्मेन्ट संचालन गर्न उद्योग दर्ताका लागि ९ हजार घुस लिंदालिंदै अख्तियारको टोलीले पक्राउ गरेको छ ।

उनका श्रीमान बाबुराम गौतम हाल गृहमन्त्रालय अन्तर्गत कार्यरत छन् । उनी शाखा अधिकृत हुँदा नै रुपन्देहीको कामु स्थानीय विकास अधिकारी(एलडीओ) भए । उनी ४ बर्ष रुपन्देहीको एलडीओ हुँदा नै अथाह सम्पत्ति आर्जन गर्ने उपसचिवका रुपमा चिनिन्थे ।न्यूज 24 नेपाल वाट

जनप्रतिनिधि नभएको समयमा रुपन्देहीबाट ढुंगा गिटी भारतततर्फ तस्करी गरी उनले करोडौं रुपैयाँ आर्जन गरेका थिए । सहसचिव बढुवा भएपछि उनी गृह मन्त्रालयमा सरुवा भएर पाल्पाको प्रमुख जिल्ला अधिकारी भएका थिए । –