१७ चैत्र

काठमाडौं । चन्द्रगिरी नगरपालिका नैकापमा एक युवकले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हत्यामा संलग्न युवक २४ घन्टा नवित्दै पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार २३ वर्षीया रमिता भनिने नमुना लामाको शुक्रबार दिउँसो हत्या भएको हो । एक महिनादेखि दिदीको घरमा बस्दै आएकी उनलाई शरिरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा नमुनाका श्रीमान २१ वर्षीय प्रकाश तामाङ पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नमुना र प्रकाशबीच ६ वर्ष अघि विवाह  भएको थियो । तर, ६ महिनापनि सम्वन्ध राम्रो रहेन । दुबैले एकाअर्कालाई शंका गर्ने र झगडा गर्ने गरेका थिए ।

नमुनाले बाहिरी केटाहरुसँग हिमचिम बढाएको र सोधपुछ गर्दा डिभोर्सको कुरा गर्ने गरेका कारण प्रकाशले २०७३ सालमा  विष सेवन समेत गरेका थिए । प्रकाशले प्रहरीलाई दिएको बयान अनुसार नमुना एक महिनाअघि नैकापस्थित दिदीको घरमा गएकी थिइन् र घरमा बाबु र आमा बिरामी भएको र बच्चा एक्लै पर्दा पनि घरमा आएकी थिइनन् ।

उनी बिहीबार नैकाप पुगे तर, नमुनालाई भेटेनन् । शुक्रबार जाँदा नमुना कुवामा लुगा धोइरहेकी थिइन् । उनीहरुबीच त्यही विवादभयो र त्यही क्रममा प्रकाशले घरभित्र गएर छुरा ल्याई श्रीमतीको हत्या गरे । प्रकाश भागेर धादिङ गल्छीस्थित ठूलीआमाको घरमा पुगेका थिए ।

शनिबार विहान उनलाई गल्छीबाट पक्राउ गरिएको महानगरी प्रहरी अपराध महाशाखाले जनाएको छ । अनलाईनखवर वाट