१६ चैत्र
काठमाडौं । नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले वर्षकै लोकप्रिय नायक र नायिकाको उपाधी पाएका छन् । जारी दोस्रो फान अवार्डमा उनीहरुले यो उपाधी पाएका हुन् । प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई यो उपाधीवाट विभूषित गरेका हुन् ।

संख्यात्मक भन्दा गुणत्मक चलचित्रमा काम गर्न रुचाउने खड्क सेल्फ मोड स्टारको रुपमा चिनिन्छन् । ४ चलचित्रमा मुख्य भुमिकामा अभिनय गरिसकेका खड्का पछिल्लो समय चलचित्र क्षेत्रमै क्रियाशिल छन् ।

त्यस्तै वर्षकै उत्कृष्ट नायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह सम्मानित भएकी छिन् । ड्रिम्स चलचित्रबाट चलचित्र क्षेत्रमा उदाएकि शाह छोटो समयमै चलचित्र क्षेत्रमा ठूलो उपलब्धि हात पार्ने नायिकाको रुपमा चिनिन्छिन् ।

ड्रिम्स पछि ए मेरो हजुर २, मंगलम, तिमीसँग र कायरा गरि अहिलेसम्म ५ चलचित्रमा अभियन गरिसकेकी छिन् । त्यसमध्ये तिमीसँग र कायरा प्रदर्शन हुनेक्रममा छन् ।

सर्वाधिक माग र छोटो समयमै उनले पाएको लोकप्रियताले उनलाई स्टार अफ द ईयरबाट सम्मानित गरिएको आयोजकले जनाएको छ । २४ विधामा पुरस्कृत गरिने फान अवार्डमा आर्मी अफिसर्स क्लव भद्रकालीमा जारी रहेको छ ।