१६ चैत्र

आगामी २३ चैतमा हुने भनिएको शिक्षक सेवा आयोगको परीक्षा स्थगित भएको छ । अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी सरकारले नवौँ शिक्षा ऐन बनेको थियो । सोही विषयको विरुद्धमा लामो समयदेखि विभिन्न विद्यार्थीहरु संगठनहरुले आन्दोलन गर्दै आएका थिए । परीक्षा रद्ध नभए विथोल्नेसम्मको चेतावनी दिएका विद्यार्थी संगठनहरुले अनिश्चितकालिन शैक्षिक हड्ताल  गर्ने बताएका थिए ।

शिक्षक सेवा आयोग सानोठिमीद्वारा जारी सूचनाअनुसार तत्कालका लागि परीक्षाका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

सूचनामा भनिएको छ,‘आन्तरिक प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने विज्ञापन प्रकाशित भएकोमा उक्त विज्ञापनबाट मात्रै पद पूर्ति हुन नसक्ने र यसबाट नियमित पठनपाठन प्रभावित हुनसक्ने देखिएकाले आन्तरिक र खुल्ला विज्ञापनसँगसँगै शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्दा उपयुक्त देखिएकाले तोकिएको परीक्षा कार्यतालिका स्थगित गरिएको छ ।’

यता, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले शिक्षक सेवा आयोगको निर्णयलाई स्वागत गर्ने र आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन भएको बताए ।