१६ चैत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्को निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

गत शुक्रबार राति अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा उपचार सम्भव नभएपछि भारतको अपोलो रिफर गरिएको थियो ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपण गरिए पनि खड्का निरन्तर कांग्रेसको राजनीतिमा क्रियाशील थिए ।